एएफसी च्यालेन्ज कप फुटबलको समूह चरणबाटै नेपाल बाहिरिएपछि राजनीमा दिएका नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक ग्राहम रोबर्टसलाई अखिल नेपाल फुटबल संघ एन्फाले विदाइ गरेको छ ।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारीहरुले रोबर्र्टसलाई विदाई गरेका हुन् । कार्यक्रममा एन्फा अध्यक्ष गणेश थापाले रोबर्टसलाई मायाको चिनो पनि प्रदान गर्नुभयो ।
रोबटर्स्ले पनि नेपाल छाडेर जानु परेकोमा निकै दुख लागेको भन्दै आफ्नो अवधिभर सबैले सहयोग गरेको बताउनु भयो । रोबर्टस्को प्रशिक्षणमा नेपालले कुल १९ खेलमा ६ वटामा जित हात पारेको थियो भने ५ मा बराबरी र ८ खेलमा पराजय ब्यहोरेको थियो ।