आज विश्व उपभोक्ता अधिकार दिवस

आज विश्व उपभोक्ता अधिकार दिवस


आज विश्व उपभोक्ता अधिकार दिवस । हाम्रो पैसा हाम्रो अधिकार, वित्तीय सेवामा वास्तविक छनोटका लागि अभियान भन्ने नाराका साथ नेपालमा पनि मनाईंदैछ ।

 

उपभोक्ता अधिकार दिवसको अवसरमा सरकारी निकाय तथा उपभोक्तावादी संस्थाहरुले विभिन्न कार्यक्रम गर्दैछन् । यसै अवसरमा विहानै राजधानीको रत्नपार्कबाट प्रभातफेरि निकालियो ।

 

-यालीमा सरकारी तथा गैरसरकारी निकायको प्रतिनिधित्व थियो । उपभोक्ताको अधिकार सुनिश्चित गर्न उपभोक्ता आफै सचेत हुन सहभागिले आह्वान गरे ।

 

गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार रक्षाका लागि उपभोक्ता अधिकारकर्मीहरुले काम गर्दै आएका छन् । नेपालमा उपभोक्ता अधिकार साह्रै कमजोर रहेको र जताततै ठगिनु परेको गुनासो सर्वसाधारणको छ । पछिल्लो समय व्यापारी र उद्योगीहरुले गुणस्तरहीन खाद्य पदार्थ र उपभोग्य सामाग्रीको उत्पादन र वितरण गरेको बजार अनुगमनका क्रममा फेला परेका छन् ।

 

तर कमजोर बजार अनुगमनका कारण उपभोक्ताको स्वास्थ्य र अधिकार हनन गर्ने त्यस्ता व्यक्ति र उद्योगमाथि प्रभावकारी कारवाही हुन सकेको छैन । सरकारले गर्ने मौसमी बजार अनुगमनले निरन्तरता नपाउँदा दोषीले उन्मुक्ति पाइरहेका छन् ।