तानसेन – पाल्पाको तानसेन, कैलाशनगरस्थित रेडियो पश्चिमाञ्चल एफएम रहेको भवनमा आज दिउंसो बम विष्फोट भएको छ । विष्फोटबाट मानवीय क्षति नभएपनि एफएम भने बन्द भएको छ । विष्फोटपछि एफएमका कर्मचारीले हाम्फालेर ज्यान बचाएका थिए । भवनको दोश्रो तल्लामा एकीकृत माओवादीको पाल्पा जिल्ला सचिव नेत्र पाण्डे बस्दै आएको कोठामा वम विष्फोट भएको हो ।
विष्फोटबाट उनले लिएका दुवै कोठामा ब्यापक क्षति भएको छ । उक्त भवन माओवादीकै स्वामित्वमा रहेको छ भने भवनमा माओवादी जिल्ला कार्यालय समेत रहेको छ। पश्चिमाञ्चल एफएम पनि माओवादीकै लगानीमा संचालित हो । बम कसले र किन राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ । यद्यपी माओवादी सचिव पाण्डे स्वयंले नै बम लुकाईराखेको हुनसक्ने अनुमान गरिएको छ ।
विष्फोटका बेला पाण्डे भने भवन बाहिर रहेका थिए ।



