पोखरामा आज छैठौं अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव सम्पन्न भएको छ ।
एभरेष्ट नेपाल कल्चरल गु्रपको आयोजना तथा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गण्डकी र कास्कीको संयोजनमा भएको महोत्सवमा नेपाल सहित ११ राष्ट्रका कलाकारले आफ्ना सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
महोत्सवमा पोल्याण्ड, इटाली, ग्रीस, मेक्सीको, फिनल्याण्ड, श्रीलड्ढा, इण्टोनिया, भारत, बंगलादेश, लिथ्वानिया र नेपालका कालाकारहरुको प्रस्तुती रहेको थियो ।
गत फागुन २७ गते काठमाण्डौबाट शुरुवात गरिएको महोत्सव बुटवल, दाङ, पोखरा हुदै पुनः काठमाण्डौ पुगेर समापन हुन आयोजकले जनाएका छन् ।