काठमाडौ – एएफसी च्यालेन्सकप प्रतियोगिताको शुक्रबार दशरथ रंगशालमा भएको पहिलो सेमिफाइनलमा तुर्कमेनिस्तानले फिलिपिन्सलाई २-१ ले हराएको छ ।
दोस्रो सेमिफाइनलमा सविक विजेता उत्तर कोरिया र प्यालेस्टाइन भिड्दै छन् ।
उत्तर कोरिया सेतो जर्सीमा उत्रिएको छ भने प्यालेस्टाइनका खेलाडी रातो जर्सीमा छन् ।
पहिलो हाफ समाप्त हुँदासम्म उत्तर कोरिया २-० ले अगाडि रहेको छ ।