भारतीय क्रिकेटर सचिन तेन्दुल्करले अन्तर्राष्ट्रिय क्रिकेटमा एक सयवटा सतक बनाउने नयाँ दुर्लभ किर्तीमान


 

भारतीय क्रिकेटर सचिन तेन्दुल्करले अन्तर्राष्ट्रिय क्रिकेटमा एक सयवटा सतक बनाउने नयाँ किर्तीमान बनाएका छन् ।

एशीया कप क्रिकेट अन्तर्गत भएको बंगलादेश विरुद्धको खेलमा सतक बनाएपछि तेन्दुल्करले उक्त दुर्लभ किर्तीमान राखेका हुन् । तेन्दुल्करले एक दिवसीय क्रिकेटमा ४९ सतक बनाएका छन्भने टेस्ट क्रिकेटमा ५१ सतक बनाएका छन् ।

किर्तीमानी सतक बनाएपछि तेन्दुल्करले गत वर्ष ९९ वटा सतक पुरा गरेपछि आफु वास्तवमै दवाबमा आएको अनुभव सुनाए ।

 


 

अन्तर्राष्ट्रिय क्रिकेटमा एक सयवटा सतक बनाउने तेन्दुल्कर पहिलो व्याट्सम्यान बनेका छन् । बंगलादेश विरुद्ध आजको खेलमा निकै संयमीत व्याटिङ गरेका तेन्दुल्करले सयौं सतक पुरा गर्न १ सय ३८ बल खर्चीएका थिए ।

 

तेन्दुल्करको यो सतकलाई भारतीय संचार माध्यमहरुले महासतकको संज्ञा दिएका छन् । तेन्दुल्करले महासतक बनाएपछि भारतका राष्ट्रपति, प्रधानमन्त्री लगायतका नेताहरुले बधाई दिएका छन्भने भारतीय क्रिकेट समर्थकहरु खुशीयाली मनाईरहेका छन् ।

यो खुशीसँगै तेन्दुल्करले खेलमा किर्तीमान राख्न भन्दापनि वास्तविक खेल भावमा डुबेर यसको आनन्द लिन सबैलाई अनुरोध गरे ।


विश्व क्रिकेटमा मास्टर ब्लास्टरको उपनामले चीनीने आधुनीक क्रिकेटका सदवाहार नायक तेन्दुल्करलाई हाम्रो पनि बधाई ।