माओवादी पुष्पकमल दाहालका पुत्र प्रकाशको विरोधमा काठमाडौंमा १-१ रुपैयाँ संकलन अभियान

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशलाई सगरमाथा चढ्न सरकारले २ करोड दिने भएपछि त्यसको विरोधमा उत्रिएको नेविसंघले आइतबार १-१ रुपैयाँ संकलन अभियान चलाएको छ।

 

शंकरदेव क्याम्पसदेखि पुतली सडक चोकसम्मबाट साढे ३ सय रुपैयाँ संकलन भएको हो।

नेविसंघ नेता नैनसिंह महरलेका अनुसार संकलित रकम माओवादी अध्यक्ष पुत्र प्रकाशले पाउने गरी प्रधानमन्त्रीलाई बुझाउनेछ।