यूएइमा जारी आइसीसी ट्वान्टी ट्वान्टी विश्व कप क्रिकेटको छनौट खेलमा नेपाल नेदरल्याण्डसँग ६ विकेटले पराजित

यूएइमा जारी आइसीसी ट्वान्टी ट्वान्टी विश्व कप क्रिकेटको छनौट खेलमा नेपाल नेदरल्याण्डसँग ६ विकेटले पराजित भएको छ।
 
खेलमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले खासै राम्रो प्रदर्शन गर्न नसक्दा बीस ओभरमा सात विकेट गुमाउँदै पचासि रन जोड्यो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक बत्तिस रन जोड्दा बसन्त रेग्मीले अविजित बीस रनको योगदान दिए।
 
कप्तान पारस खड्का, सरद भेसवाकर, प्रदीप एरी र मेहेबुब आलम भने मात्र एक एक रनमा पेभुलियन फर्केका थिए। पृथु वास्कोटाले आठ रन जोड्दा शक्ति गौचनले दुई रन जोडे। जवाफमा ८६ रनको सहज ल73य नेदरल्या48डसले १३ दशमलव पाँच ओभरमा नै मात्र चार विकेटको नोक्सानीमा पूरा गर्‍यो। बलिङतर्फ बसन्त रेग्मीले तीन विकेट लिएका थिए।
 
यो हार पछि समूहमा छ खेलमा तीन जीत र तीन हार पश्चात छ अंकसहित नेपाल चौथो स्थानमा छ। नेपालको दोस्रो चरण प्रवेशको सम्भावना भने कायमै रहँदा