चेसको साधारणसभा चैत २९ मा हुने

काठमाडौं ९ फागुन ।  नेपाल बुद्धिचाल संघका तेस्रो साधारण सभा यहि चेत २९गते काभ्रे जिल्लामा हुने भएको छ । संघका अध्यक्ष राजेशहरी जोशिको अध्यक्षतामा आजबसेको चौधौं बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।


साधारण सभा सम्पन्न गर्न अध्यक्ष जोशिको संयोजकत्वमामूल ब्यबस्थापन समिति गठन गरेको छ भने बिभिन्न ५ उपसमितिहरु गठन गरिएको संघलेजनाएको छ ।


साधारण सभामा काठमाडौं भक्तपुर ललितपुर काभ्रे नुवाकोटधादिङ मकवानपुर पसा्र महोत्तरी धनुषा दोलखा नवलपरासि रुपन्देहि पाल्पा बाग्लुङपर्वत कास्कि तनहुँ कैलाली काचनपुर बैतडि डडेलधुरा इलाम झापा मोरङ सुनसरीपाँचथर सप्तरी र जुम्ला गरी २९ जिल्लाका २-२ जना प्रतिनिधीहरु रहने छन् ।


त्यसैगरी टेक्निकल कमिटीबाट २ जना ओलम्पियाड खेलाडीहरु१० जना र बर्तमान केन्द्रिय कार्यसमितिका २१ जना समेत गरी ९१ जना प्रतिनिधहरुकोसहभागीता रहने छ ।


कार्यक्रममा बिश्व बुद्धिचाल महासंघ फिडेका प्रतिनिधीकोरुपमा एसियन जोनल ३।२ का अध्यक्ष लक्ष्मण बिजेसुर्या अखिल भारत चेस महासंघका महासचिवभरत िसंह चौहान र बंगलादेश चेस संघका सह- सचिव मसुदुर रहमान मलिक दिपु आउने छन्।


साथै नेपाल बुद्धिचाल संघको आजको बसेको बैठकलेराष्ट्रिय खेलकुद परिषदका सदस्य- सचिव युवराज लामाको शिघ्र स्वास्थ्य लाभको कामना पनिगरेको छ ।