त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौविसै घन्टा सुचारु गर्न, भारतसँगका छ वटा नाका खोल्न व्यवसायीद्धारा सरकारसँग माग

कपिलवस्तु  – लुम्बिनी भ्रमण वर्ष, २०१२ सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौविसै घन्टा सुचारु गर्न र भारतसँगका छ वटा नाका खोल्न व्यवसायीले सरकारसँग माग गरेका छन् ।

सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयको अगुवाइमा चैतको पहिलो साता लुम्बिनी क्षेत्रको स्थलगत अध्ययनमा पुगेका पत्रकारमार्फत उनीहरूले यस्तो माग गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाल बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुल्ने गरेको छ । व्यवसायीले कपिलवस्तु जिल्लाको अलिगहवा र खुन्बा, रूपन्देही जिल्लाको ककरहवा र बेथलैया तथा नवलपरासी जिल्लाको महेशपुर र भैँसालोटन नाका खोल्नका लागि आग्रह गरेका हुन् ।

लुम्बिनी भ्रमणमा आउने अधिकांस पर्यटक भारतीय बाटो भएर आउने गरेकाले उल्लिखित नाका पूर्णरूपमा खोल्नका लागि माग गरिएको पर्यटन व्यवसायी सञ्जय वजिमयले जानकारी दिए ।

उनले भने