पोर्नस्टार सन्नी लियोन बलिउड फिल्म ‘जिस्म २’ खेल्ने अन्तिम तयारीमा

मुम्बई – पोर्नस्टार सन्नी लियोन बलिउड फिल्म ‘जिस्म २’ खेल्ने अन्तिम तयारीमा छिन्। फिल्मकी निर्देशक पूजा भट्ट र थप तीन प्रशिक्षकसँग सन्नीले हिन्दी भाषा सिक्दैछिन्। फिल्मको सुटिङ अप्रिल १ मा सुरु हुने पक्का भएको छ।

भर्खरै ‘डर्टी पिक्चर’ हेरेकी सन्नीले उक्त फिल्मका कतिपय घटना आफ्नो जीवनसँग मिल्दोजुल्दो पाइन्। उनी विद्या बालानको अभिनयबाट प्रभावित छिन् र सम्भव भए विद्यासँग अभिनयका केही सूत्र सिक्न चाहन्छिन्।


मुम्बई उत्रिने बेला सन्नीको स्वागतमा ‘जिस्म २’का थुप्रै कलाकर्मी विमानस्थल पुगेका थिए। नसोचेको स्वागत पाएर सन्नी निकै खुसी भएकी थिइन्।


फिल्ममा आफ्नो जीवनसँग मेल खाने थुप्रै प्रसंग भएको पनि उनले खुलाइन्। उनी अहिले स्त्रि्कप्टको गहिरो अध्ययन गर्दैछिन्। दिइएको पात्रमा आफू डुब्ने उनको चाहना हो।
निर्देशक पूजा भट्ट आफूले सोचेभन्दा प्रतिभाशाली पाएको सन्नीको अनुभव छ। ‘म उनीसँग अझ धेरै सिक्न चाहन्छु,’ सन्नीले भनिन्, ‘मैले अभिनेता रणदीप हुडा र अरुणोदय सिंहसँग पनि भेटघाट गरेँ, उनीहरु पनि असल लाग्यो।’


यो फिल्म चल्यो भने बलिउडमै पूरा जीवन लाग्नुहुन्छ कि भन्ने प्रश्नमा सन्नीको जवाफ थियो, ‘जीवनका हरेक अध्यायको सुरुवात र अन्त्य हुन्छ, मैले बलिउडमा नयाँ अध्याय सुरु गर्दैछु तर भविष्यमा के हुन्छ, थाहा छैन। अहिले नै भन्न सकिन्न।’


पूजा भट्टको निर्माण, अमित सक्सेना र आदित्यप्रकाश सिंहको निर्देशनमा ‘जिस्म’को पहिलो शृंखला सन् २००३ मा रिलिज भएको थियो, जसमा विपाशा बसु, जोहन अब्राहम र गुल्शन ग्रोवरले अभिनय गरेका थिए। केही दिनअघि सन्नीले विपाशाको पनि तारिफ गरेकी थिइन्। – एजेन्सी