नकआउट चेस शुरु

जितपुरबारा चैत्र १५ गते । नारायणी अंचलस्तरिय खुल्ला नकआउट चेस टुर्नामेन्ट आजबाट शुरु भयो । जितपुर युबा क्लबद्धाराआयोजित टुर्नामेन्टमा समुह क बाट बाराका बिनोद चौधरी रमेश चौधरी सन्दीपचौधरी नारायण चौधरी मकवानपुरका अनिल राजबाहक धिरब राजथला बलराम सन्जेल र पवनसापकोटा दोश्रो चरणमा प्रबेश गरेका छन् । जितपुर गाबिस भवनमा संचालित खेलकोसमुह ख बाट बाराका गयासुल आजम अफताब आलम दिपक गुप्ता छोटेलाल साह शुशिलपौडेल अनिल झा सुरेन्द्र वाईबा र सुमित झा दोश्रो चरणमा प्रबेश गरे ।


तीन दिनसम्मचल्ने टुर्नामेन्टमा बारा पसा्र रौतहत मकवानपुर र चितवन जिल्लाका ३२ जनाखेलाडीहरुको सहभागिता रहेको थियो । टुर्नामेन्टमा प्रथम हुनेलाई नगद १० हजारदोश्रोलाई ७ हजार र तेश्रोलाई ४ हजारका साथै शिल्ड मेडल र प्रमाण पत्रप्रदान गरिने आयोजक क्लबका अध्यक्ष मनोज कुमार शाहले बताए ।


यसअघि क्लिनसोसाइटी बाराका अध्यक्ष श्याम गुप्ताले एक समारोहबीच चेस गोटी चालेर टुर्नामेन्टउदघाट्न गर्नुभएको थियो ।