आज चैते दशै र रामनवमी पर्व, दूर्गा भवानीको पूजा आराधना गरी मनाइदै

आज चैते दशैं । चैत शुक्ल अष्टमीमा दिन मनाइने यो पर्वमा शक्तिपीठहरुमा दूर्गा भवानीको पूजा आराधना गर्ने र मीठो खाने गरिन्छ ।

 

देशभरीका दूर्गा मन्दिरहरुमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ । तिथिले आजै रामनवमी पनि परेको छ । मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव देशभरका राम मन्दिरमा पूजाआजा गरी मनाईन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा श्रीरामको जन्म भएको थियो ।

 

सोही दिनको सम्झनामा रामवनमी पर्व मनाउने गरिएको हो । हिन्दु धर्मावलम्बीहरु आज बिहान सबेरै उठेर नुहाईधुवाई पूजाका लागि राम मन्दिरमा जाने गर्छन् । यो अवसरमा जनकपुरस्थित रामजानकी मन्दिरमा भब्य मेला लागेको छ । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालु पुगने गर्दछन् ।

 

 जनकपुरको पवित्र पोखरी गंगासागरमा स्नान गरी श्रद्धालुले जनकपुरका जानकी मन्दिरसहित विभिन्न मठ मन्दिरमा पूजापाठ गर्दै छन् ।