गायिका कोमल ओलीलाइ प्रहरीले नियन्त्रणमा

राष्ट्रसंघीय महासचिव बान कि मुनलाइ माओवादी पीडितका तर्फाट ज्ञापनपत्र बुझाउन जाने क्रममा गायिका कोमल ओलीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

माओवादीले दाङमा आफ्नो जग्गा नियन्त्रणमा लिएको भन्दै जग्गा फुकुबाको माग सहित गायिका ओली महासचिव बान बस्नुभएको होटल हायात पुगेकी थिइन् ।

 

 तर राज्यबाट स्वीकृति नलिइ ज्ञापन-पत्र बुझाउन गएको भन्दै गायिका ओलीलाई नियन्त्रणमा लिएको माओवादी पीडित संर्घष्ा समितिले जनाएको छ ।

 

ओलीलाई अहिले महानगरिय प्रहरी प्रभाग बौद्वमा राखिएको पारिवारिक श्रोतले जनाएको छ ।।