कफी नस्ररी स्थापना र व्यबस्थापन


 

-कृष्ण भट्टराई
खाचिकोट ५ फुदबाग बजार
अर्घाखाचि
हाल
कृषि बिज्ञान सस्थान
बनारस हिन्दू बिश्वबिधालय

 


कफी बीउको श्रोतः-


कफी बिउको लागी छनौट गरिने कफीको बोटमा कुनै पनि किसिमको रोग र कीराहरुले आक्रमण नगरेको  गाढा हरियो पात र सर्लक्क परेको मुल काण्ड तथा शाखा हांगाहरु भएको  स्वस्थ कफीको बोट छनौट गर्नु पर्दछ । बिउको लागी कफीको दाना टीप्नु पर्दा फलेका दानाहरु मध्ये बाट पोटीलो ठुलो दाना  तथा कीरा तथा रोगले आक्रमण नगरेको र बढी नपाकेको ठीक्क पाकेको दानाहरु टीप्नु पर्दछ । यो काम कफी कृषकले पौष । माघ महिनामानै शुरुआत गर्नु पर्दछ । अन्यथा पोटीला कफीका दानाहरु पाकेर टीपि सकेका हुन्छन् ।

 
बीउको तयारीः-

 
राम्रा स्वस्थ बोट बाट टीपिएको कफीका दानाहरु कुनै एक भांडामा पानी भरी सकेपछि उक्त भांडामा बिउको लागी टिपिएका सम्पूर्ण कफीहरु आलो पालो गरी पानीमा हाल्नु पर्दछ । यसरी पानीमा हालेपछि नउम्रने खाल्का कफीका दनाहरु तैरिने गर्दछन् तर उम्रने खाल्का दानाहरु पानी भित्र डुबेका हुन्छन् । अतः तैरिएका दानाहरु लाई हटाउने र डुबेका दानाहरु लाई मात्र बीउको लागी लीनु पर्दछ । छानीएका कफीका बीउहरु लाई पल्पर मेसिन उपलव्ध भएमा उक्त मेसिन द्धारा कफीमा भएको बाहिरी बोक्रा र गुदी हटाई बांकी खोस्टा सहितको कफी चिसो पार्चमेन्ट राम्ररी धोई पखाली छहारी तथा ओजेल पर्ने ठाउंमा लगी कमसेकम २ इन्च बाक्लो काठको धुलो माथी एक नासले सुकाउनु पर्दछ ।  कफीका बिउ  पार्चमेन्ट  सुकाउनको लागी करिव ५।६ दिन समय लाग्दछ । सुकाउने क्रममा बेला बेलामा चलाई रहनु पर्दछ । कफीको खोस्टा सहितको दिउली सुकी सकेपछि  ड्र्ाई पार्चमेन्ट  बेभिस्टीन १ ग्राम प्रति के।जी कफीको बीउ अर्थात ५०।६० ग्राम भाईटावाक्स प्रति के।जी कफी बीउको दरले  उपचार गर्नु पर्दछ ।

 

नस्ररी व्याडको तयारीः-


नस्ररी राख्ने ठाउंको छनौट गर्दा सकेभर घरको नजिक प्रशस्त प्रांगारिक मल भएको नजांदिदो भिरालो परेको पानी नजम्ने  ठाउं हुनु पर्दछ । यसरी छानीएको ठाउंमा २।३ पटक राम्ररी खनजोत गरेर  डल्लाहरु फोर्ने र १ मीटर चौडाई र आबश्यकता अनुसारको लम्बाई तथा करिव अरु माटो सतह भन्दा ६।७ इन्च माटो उकासी तयार गरिन्छ । यस किसिमले तयार भएको १ मीटर चाडाई र ६ मिटर  लामो  नस्ररी जग्गामा माटोको उर्बरता हेरी राम्ररी पाकेको बुरबुराउंदो कम्पाषेट मल ४ डोको र २ के।जी चुना तथा माटो चिम्टाईलो भएका माटोमा राम्ररी हावा खेलोस् भन्नाका लागी मसिनो बालुवा मिसाउनु पर्दछ  ।  

बीउ रोपाईः-

 

हाम्रो देशको परिप्रेक्क्षमा बीउको रोपाई माघ । फाल्गुण महिना तीर गर्न उपयूक्त हुन्छ । बीउको रोपाई गर्दा बीउको उठेको भाग आकाशतीर फर्कने गरी र सम्म परेको भाग जमिन तीर फर्कने गरी करिब आधा इन्चको गहिराईका रोप्नु पर्दछ । बीउ रोप्दा एक बीउ देखि अर्को बीउको दुरी एक ईन्च जती फरक हुनु पर्दछ ।


यसरी रोपिएको बीउ माथी  २ इन्च बाक्लो हुने गरी पराल वा खरले  छापो दिनु पर्दछ । त्यसपछि छाप्रोको निर्माण गर्ने काम पटक्कै भुल्नु हुंदैन । छाप्रोको निर्माण कार्य बनका पात पतिङ्गर स्याउला खरगहुंको छ्वाली आदि बाट निर्माण गर्न सकिन्छ ।


छाप्रोको निर्माण गर्दा मानिस उभिन नभएपनि छाप्रो भित्र बसेर काम गर्दा माथी नछुने हुनुपर्दछ। 
कुनै पनि हालतमा नस्ररीमा सोझो घाम पर्न दिनु हुंदैन  जहिले पनि ओजेल परेको हुनु पर्दछ ।
कफीको बीउ रोपाई भएको करिब ४०/४५ दिन पछि टुसाउने काम शुरु हुन्छ त्यतिबेला प्रयोग गरिएको छापो लाई बीउ टुसाएको देख्नासाथ लठ्ठीको शहायताले पुरै हटाई दिनु पर्दछ ।

दोश्रो व्याडको तयारीः-


दोश्रो व्याडको लागी माथी उल्लेखित तौर तरिका बाट व्याडको निर्माण गर्ने र कफी बेर्नाको अबस्था बटन स्टेज अथवा टपी स्टेज हुना साथ व्याडमा पानी पटाई माटो हल्का गराउने र छेस्को शहायताले एक एक बेर्ना उखेली दोश्रो व्याडमा करिब १ फिटको दुरीमा सार्नु पर्दछ । यदि दोश्रो व्याडको बदला पोलीथीन व्यागमा बिरुवा स्थानान्तर गर्नु पर्ने भएमा  निम्न अनुसार माटोको मिश्रण तयारी गर्नु पर्दछ ।

६ भाग जङ्गलको माटो ।

२ भाग राम्ररी पाकेको बुरबुराउंदो कम्पोष्ट मल ।

१ भाग मसिनो बालुवा ।  
६ इन्च गहिराइ र ३ – ४ इन्च गोलाई भएको पोलीथीन थैला ।

यसरी तयार भएमा माटो तथा थैलामा माटो भर्ने काम पुरा भएपछि पहिलो व्याडमा भएका टपी स्टेजका बेर्नाहरु लाई उखेली सार्ने काम गर्नु पर्दछ । बेर्ना स्थानान्तर गरी सकेपछि बेर्ना सहितको पोलिथीन व्याग लाई छाप्रो भित्र लगी लाइन मिलाएर राख्नु पर्दछ । कफीका बेर्ना स्थानान्तर गर्दा पहिलो  उखाल्ने बेलामा र सारि सकेपछि पानी पटाउन भुल्नु हुंदैन ।


नस्ररीको व्यबस्थापन । भुल्न नहुने कुराहरुः-

 

नस्ररीका बेर्नाहरु करिब २ महिना उमेरको भएपछि २० ग्राम यूरिया ५ लीटर पानीमा घोली व्याडमा छनुृ्र पर्दछ । व्याडमा बढी चिसो हुने गरी  सिचाई दिनु हुंदैन अन्यथा ड्याम्पीङ्ग अफ  बेर्नाको फेद कुहिने  रोग लाग्न सक्दछ । 
नस्ररीका बेर्नाहरुमा बिहान वा बेलुकी पख मात्र सिचाई दिने काम गर्नु पर्दछ । नस्ररीमा कहिले कुनै बेला पनि सोझो घाम पर्न दिनु हुंदैन । 

 

नस्ररीमा उम्रने झारपातहरु तुरुन्त हटाउने काम गर्नु पर्दछ ।

नस्ररीमा बीउ रोपी सकेपछि छापो दिनु भुल्नु हुंदैन । त्यसैगरी बीउ रोप्ने काम पछि छाप्रो बनाउने काम भुल्नु हुंदैन ।

दोश्रो व्याडमा बेर्ना स्थानान्तरण गर्दा बटन स्टेज मै गर्नु पर्दछ । पहिलो व्याडमा सिचाई नगरी कलिला टपी स्टेजका बेर्ना उखेल्नु हुंदैन ।

बेर्ना कहिले पनि हातले बल गरी उखेल्नु हुंदैन एउटा छेस्कोले जरा उचालेपछि मात्र हात लगाउनु पर्दछ ।  
कफी नस्ररी जहिले पनि सफा हुनु पर्दछ । बोट मुनि उम्रेका कफीका बेर्ना व्यबसायीक कृषकले लगाउनु हुंदैन । कफीको बिरुवा छान्दा ६।७ पाते अबस्थाका राम्रा हुन्छन् ।  
बढीमा १८ महिना भन्दा बुढो बिरुवा व्यबसायीक रुपमा कफी खेती गर्नु हुंदैन ।