पृथ्वी बचाउ अभियान अन्र्तगत आजदेखि लुम्विनीमा बृक्षारोपण अभियान शुरु गरिएको छ ।
विश्व बन्यजतु कोषको सहयोगमा शुरु भएको यस अभियान अन्तर्गत यसबर्ष लुम्विनीमा १ लाख ५० हजार भन्दा बढी बिभिन्न प्रजातिका बिरुवा लगाईदै छ ।
यस अभियानसंगै वाताबरण सचेतना, फोहोर मैला व्यवस्थापन लगायतका कार्यक्रमका लागि डब्लु डब्लु एफले बिकास कोषलाई २२ लाख रुपैया उपलब्ध गराएको छ ।