
मुम्बई – खामोसी, १९४२ अ लभ स्टोरी, बम्बे, र दिल से जस्ता चलचित्रमा उत्कृष्ट अभिनय गरेकी नेपाली अभिनेत्री मनिषा कोइराला पुनः बलिउड फर्कन लागेको समाचार छ।
सञ्चार माध्यमसँग कुराकानीका क्रममा मनिषाले आफ्नो चलचित्रमा तत्काल केही भन्न अस्विकार गरे पनि बलिउडमा फर्कने बताइन्।
आफूले तीनवटा चलचित्रलाई मन्जुरी दिएको उनले बताइन्। चलचित्रको नामको घोषणा भने हुन बाकी छ।
‘यस वर्ष मेरो चलचित्रको सुटिङ सुरु हुने छ र अर्को वर्ष दर्शकले हेर्न पाउने छन्।’ उनले भनिन् ।
बलिउडकी ४२ वर्षीय नेपाली अभिनेत्रीले बलिउडमा आफ्नो करिअर सुभाष घइको चलचित्र सौदागरबाट सुरु गरेकी थिइन्। उक्त चलचित्र निकै सफल भएको थियो।
धेरैवटा सफल चलचित्र दिएपछि उनले कम बजेटका पनि थुप्रै चलचित्र गरेकी थिइन्।

– एजेन्सी