चैत्र २० गते काठमाण्डौं । काठमाण्डौं महानगरपालिका वडा नं. ५ भिमसेनस्थान हाँडीगाउँस्थित विशालनगर पुस्तकालयद्धारा आगामीबैशाख १६ गतेदेखि २० गतेसम्म खुल्ला फिडे रेटिङ्ग चेस टुर्नामेन्ट आयोजना गरिने भएकोछ । वि।सं। २०१९ सालमा स्थापित यस पुस्तकालयद्धारा ०३४ सालदेखिनै स्थानीयस्तरका टुर्नामेन्टहरुसंचालन गर्दै आए पनि स्वर्ण जयन्तिको उपलक्ष्यमा फिडे रेटिङ्गसहित खुल्ला चेस टुर्नामेन्टआयोजना गर्न लागेको पुस्तकालयका अध्यक्ष गणेश श्रेष्ठले बताउनु भयो ।
विश्व बुद्धिचाल महासंघ फिडे र नेपाल बुद्धिचालसंघको स्वीकृतिमा संचालन गरिने यस टुर्नामेन्टका उत्कृष्ठ २३ जनालाई ७५ हजार नगद पुरस्कारकोब्यबस्था गरिएको छ । जसमा विजेतालाई नगद पन्ध्र हजार दोश्रालाई दश हजार तेश्रालाईसात हजार चौथौंलाई पाँच हजार प्रदान गरिने छ भने पाँचौंले चार हजार छैटौंले तीनहजार सातौं देखि दशौंसम्मले जनही दुई हजार पाँचसय पाउने छन् । त्यस्तै एघारौंदेखिपन्ध्रौंसम्मलाई जनही एकहजार पाँचसय अनरेटेडतर्फ उत्कृष्ठले दुईहजार र द्धितीयलेएकहजार पाँचसय उत्कृष्ठ महिला यु १५ भेट्रानलाई पनि जनही एकहजार पाँचसय प्रदानगरिने छ । यस टुर्नामेन्टका स्थानीय उत्कृष्ठलाई दुइहजार पाँचसय र रेटिङ्गसमुहमा प्रथम दुईजनालाई पनि जनही एकहजार पाँचसय नगद पुरस्कार दिइनेछ ।
यस टुर्नामेन्टमा स्वीसलिग नौ चरणको खेल नेपालकापहिलो अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाइजुले संचालन गर्नेछ भने बंगलादेश भारत र नेपालकाकरिब एकसय पच्चीस खेलाडीहरु सहभागि हुनेछन् ।
पाँच दिनसम्म चल्ने यस टुर्नामेन्टमा सहभागि हुनेउपत्यका बाहिरका खेलाडीहरुलाई निःशुल्क आवासको ब्यवस्था गरिएको छ भने कूल दईलाख पचास हजार खर्च लाग्ने अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो ।