बुटवलका फुटपाथ व्यापारीहरुको चेतावनी: विकल्प विना हटाए प्रतिकार

– कृष्ण खनाल


बुटवल चैत २० । – सडक ऐन २०३१ अनुसार  पश्चिमााल सडक डिभिजन कार्यालयले सडक छेउछाउका सम्पुर्ण फुटपाथ पसल तथा टहरा हटाउने सुचना जारी गरेपछी फुटपाथ व्यापारीहरुले उचित विकल्प नदिए सडक नछाड्ने चेतावनी दिएका छन ।


सडक डिभिजन कार्यालय बुटवलले राजमार्ग चौराह देखि  गोलपार्क सम्म सडक किनारका सम्पुर्ण फुटपाथका टहरा तथा पसल हटाई सडक सफा तथा सुन्दर बनाउने योजना अघि सारेको छ । सोहि अनुरुप सुचना जारी गरेपछी फुटपाथ व्यापारीहरुले उचित विकल्प नदिई सडक नछाड्ने धम्की दिएका छन  ।


उनीहरुले  सडक डिभिजन कार्यालयले कुनै पनि विकल्प विना हटाउने प्रयास गरेमा त्यसको प्रतिकार गर्ने समेत चेतावनी दिएका छन । आफुहरुलाई उचित विकल्प नदिए जस्तो सुकै आन्दोलन गर्न सक्ने र आफुहरु मर्न समेत पछाडी नपर्ने बताएका हुन । सडक कार्यालयले बुटवलको राजमार्ग चौराहादेखी गोलपार्क सम्म सडकको दाँया बाँया का सम्पुर्ण फुटपाथका पसल तथा टहराहरु हटाएर सफा तथा सुन्दर बनाउने योजना अनुरुप २१ दिने सुचना  जारी गरेको छ ।

 
आईतबार बुटवलमा फुटपाथ व्यापारीहरुको संगठन भनेर चिनिने नेपाल स्वरोजगार श्रमिक व्यापार संघ रुपन्देहीले आयोजना गरेको छलफल कार्यक्रममा सडक कार्यालयले उचित विकल्प नदिएर डोजर चलाएपनि डोजर मुनि बस्न समेत तयार हुने उनिहरुको भनाई छ ।

 
छलफलमा बुटवल नगरपालिका भित्रका विभिन्न सरोकारबालाहरु संग छलफल आयोजना गरिएको भए पनि केहिमात्रामा मात्र सरोकारबालाहरुको सहभागिता थियो ।

 

छलफलमा आन्दोलन समिती संयोजक तथा संघका केन्द्रिय सदस्य चन्द्रकान्त पन्थीले बुटवलमा १२ देखी १३ सय सडक व्यापारी हरुको जिविकोपार्जनको बाटो सडक व्यापार भएको भन्दै उचित विकल्प विना हटाउन खोजिएमा रक्तापत पुर्ण आन्दोलन समेत गर्नको लागि पछाडी नहट्ने धम्की दिए । उनले भने-ँबरु लगाईयोस डोजरमुनि च्याँपिन तयार हुन्छौ तर विकल्प विना सडक छाड्दैनौ।


छलफल कार्यक्रममा हाटबजार व्यवसायी संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष भिम ज्ञवालीले समेत उचित वैकल्पिक व्यवस्था हुनु पर्ने बताए । उनले उक्त मुद्धामा हाटवजार व्यवसायीले समत सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । 

छलफलमा नेकपा एमाले नगर कमिटी अध्यक्ष रामचन्द्र क्षेत्रीले सडक तथा फुटपाथलाई असर पर्ने गरेर व्यावार तथा व्यवसाय गर्न नपाउने भन्दै व्यवस्थित बनाएर मात्र सडकका व्यापारीहरु हटाउनुपर्ने धारण राखे । नेपाल स्वरोजगार व्यवासायी श्रमिक संघ का जिल्ला अध्यक्ष श्याम पन्थीको अध्यक्षतामा भएको छलफलमा जिफन्टका टिकाराम पन्थी बुटवल कृषि उपज थोक बजार केन्द्रका अध्यक्ष कलाधर पन्थी क्युसेक नेपालका काजी गुरुङ्ग लगाएतले आ-आफ्नो मन्तव्य राखेका थिए ।