पोर्न स्टार सनी लिओनको बलिउडले वर्षको ३६५ दिन व्यस्त राखे पोर्न चलचित्र छाड्ने सर्त

मुम्बई – पोर्न स्टार सनी लिओनले पोर्न चलचित्र छाड्न एउटा सर्त अगाडि राखेकी छिन्। यदि बलिउडले काम दिएर व्यस्त बनाउन सके आफूले पोर्न चलचित्रमा खेल्न छाड्ने उनले बताएकी छिन्।

‘यहाँका निर्माता निर्देशकले मलाई लगातार काम दिएर व्यस्त बनाए भने म पोर्न स्टारको छवीबाट वाहिर आउने छु।’ उनले भनिन्।

आफ्नो टि्वटरमा सनिले बलिउडमा छिर्नुको अर्थ आफूले वयस्क उद्योग छाडेको भन्ने नभएको लेखेकी छिन्।
‘मैले बिग बसपछि कुनै पोर्न चलचित्र नगरेको साँचो हो। तर यसलाई छाड्ने सम्बन्धमा मैले पूर्ण रुपमा विचार गरेकी छैन।’

सनिले पोर्न चलचित्र आफ्नो काम भएको र त्यसलाई लिएर कुनै पछुतो नभएको बताएकी छिन्।
‘तर अब म बलिउडमा निर्भर छु। मलाई के बनाउने भन्ने बलिउडमा निर्भर छ।’

आफू बलिउडमा व्यस्त हुदासम्म आफ्नो कम्पनी सन लस्ट प्रोडक्सन वयस्क चलचित्रको रेखदेख गर्ने उनले बताइन्। ‘म अप्रत्यक्ष रुपमा वयस्क चलचित्रसँग जोडिइ रहने छु। मलाई बलिउडले वर्षको ३ सय ६५ दिन बलिउड व्यस्त राखे पोर्न चलचित्र छाड्ने छु।’

सनीले जिस्म २ बाट बलिउडको चलचित्रमा प्रवेस गरेकी छिन्। त्यस चलचित्रको छायाँकन सुरु भइसकेको छ।

 

– एजेन्सी