बेलायतमा भएको एक हाफ म्याराथनमा दौडिएका एक धावकको खेल सकिए लगत्तै मृत्यु

बेलायतमा भएको एक हाफ म्याराथनमा दौडिएका एक धावकको खेल सकिए लगत्तै मृत्यु भएको छ ।

रिडिङ हाफ म्याराथनमा सहभागी उक्त धावक गेड क्लार्कको म्याराथन सकिएलगत्तै हृदयघात भएको थियो ।

रिडिङ फुटबल क्लवको माड्यस्की रंगशालामा फिनिसीङ लाईन पार गर्ने वित्तिकै ३९ वर्षिय धावक क्लार्कलाई हृदयघात भएको थियो । रंगशालामा उपस्थित चिकित्सकहरुले तत्कालै उनलाई प्राथमिक उपचार गराई अस्पताल पु-याएपनि उनलाई बचाउन भने सकेनन् ।

यसअघि दुई हप्ता अगाडि मात्रै इंग्लीश प्रिमियर क्लव बोल्टनका फुटबल खेलाडी फेब्रिस मुआम्बालाई पनि खेलकै दौरान हृदयघात भएको थियो ।

हृदयघातपछि ७८ मिनेटसम्म मृत अवस्थामा रहेका मुआम्बालाई चिकित्सकहरुले पुनर्जिवित गराएका थिए ।