काठमाडौं । नेपालइन्टरनेस्नल तेक्वान्दो महासंघले शनिवार नयाँनेतृत्वका लागि चुनाव गर्ने भएको छ । गत हप्ता कार्यवाहक अध्यक्ष कुमार थापामगरको अध्यक्षतामा बसेको बैठकले चैत्र २५गते शनिवार महासंघको विधान धारा १४ को उपधारा ङ अनुसार चुनावका लागि मिति तयगरेको हो । महासंघभित्र चुनावी माहोल निकै ताते पनि अन्तत थापा मगरकैअध्यक्षतामा नयाँ नेतृत्व चयन हुने बुझिएको छ । राष्ट्रिय खेलकुद परिसद् भित्रसकि्रय संघ मध्ये मास्रल आर्टमा राम्रो पहिचान गराएको आइटिएफ तेक्वान्दोको नयाँनिर्वाचित समितिले थप उत्साहका साथ काम गर्ने बुझिएको छ । आइटिएफको चुनावसँगैविवादका कारण नेपाल टेबुल टेनिस संघ हाललाई स्थगित छ भने अन्य संघमा नेपाल भलिबलनेपाल उसु र नेपाल चेस लाई चुनावी माहोलले रन्काएको छ ।
भलिबलमा दान बहादुर शाही गजेन्द्र ताम्ली अध्यक्षका लागि मैदानमा कस्सिएका छन भने २६ गते उद्घाटन सत्र तोकिएकोछ । उता उसु संघमा माओवादीसँग निकट मानिने दिपक सरकार अध्यक्षका लागिनिर्विरोधजस्तै भएका छन । त्यसो त दिपकलाई विगत लामो समयदेखि चीन निकट मानिन्छ भनेचीनकै लागि सहयोग हुने गरि नेपालमा गतिविधि गर्नेे गरेको आरोप समेत लगाउनेगरिएको छ । आफ्नै कारण विवादमा फस्दै आएको चेस संघ पनि केन्द्रीय कार्यसमितिको बैठकमा ३ जना सदस्य मनोनित गर्दा असन्तुष्ट पक्षले बैठकमै ुनोट अफ डिसेन्टुलेखेपछि थप विवाद बढेको बुझिएको छ ।
आउँदो २९ गते साधारण सभामा गणतान्त्रिकमहासंघको सिफारिसमा केही सदस्य र अन्य सदस्य एकमुष्ट रुपमा मनोनित गरी विवाद साम्यपार्ने मौखिक सहमति भएपनि पुर्ण रुपमा पार लाउन सकेको र्छैन । त्यसकारण २९ गते नैचुनावी प्रतिस्पर्धाकै माहोल बन्न सक्ने जानकारीमा आएको छ । कांग्रेस निकट राजेशहरिजोशी पछिल्लो पटक एमालेको मान्छे बनेपछि थप चेसको समस्या बल्झिएको हो ।