दोस्रो गिद्ध महोत्सव नवलपरासीमा सुरु

प्रकृतीकेा कुचिकारु भनेर चिनिने लोपोन्मँूख पंक्षी गिद्धको संरक्षण गर्ने उदेश्यले नवलपरासी जिल्लाको पाचनगरमा दोस्रो गिद्ध महोत्सव चैत्र २६ गते देखी सुरु भएको छ । दुई दिन सम्म चल्ने उक्त महोत्सवको उदघाटन प्रमुख अतिथी पूर्व गृहराज्य मन्त्रि देवेन्द्र राज कडेलले मैन बत्ति बालेर गर्नु भएको थियो भने व्यानरको अनावरण जिल्ला वन कार्यलय प्रमुख सोहरत प्रसाद ठाकुरले गर्नु भएको थियो । 

 

कार्यक्रममा गिद्धको वातावरयीय महत्व घटनुको कारण संरक्षणका प्रयास र समुदाएको भुमिकाको विषयमा नेपाल पंक्षि संरक्षण सघंका फिल्ड बायोलोजिस्ट कृष्णप्रसाद भुसालले प्रवचन दिनु भएको थियो भने स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु सामाजिक संघ सस्थाका प्रतिनिधिहरु स्थानिय बुद्धिजिवी र सामाजिक व्यात्तित्वहरुले गिद्ध संरक्षणमा आ आफ्नो प्रतिवद्धता जनाउनु भएको थियो । स्थानीय सास्कृतिक झाकी र कला समेत प्रस्तुत गरीएको उक्त कार्यक्रमको अध्यक्षता पाचनगर गा।वि।स सचिव माधोवलाल गुप्ता र महोत्सव आयोजक समितिका संयोजक यादव खनालको साचालनमा सम्पन्न भएको थियो । उक्त महोत्सवमा फोटो पत्रकार कृष्णमणी बरालले खिचेका विभिन्द गिद्धहरुका फोटोप्रदर्शनी र नेपाल पंक्षि संरक्षण संघका विभिन्न संरक्षण गतिविधि र जनचेतना अभिवृद्धि गने पर्चाहरु वितरण र जानकारी गराईएको थियो ।


गिद्धको पर्यावरणीय चक्र र खाद्यसृङखला सन्तुलीत र गतीशिल राख्न महत्वपूर्ण भूमिका हुन्छ । आफै सिकार नगर्ने तर मरेका जनावरको सिनो मात्र खाने गिद्धहरु प्रदुषित र दुर्गन्धित बातावरणलाई स्वच्छ र सफा राख्ाी विभीन्न महामारी सरुवा रोगहरु हैजा रेबिज प्लेग एन्थ्राक्स फैलन बाट रोक्छन । दक्षिण एशियामा पाइने ९ मध्ये ९ प्रजातिका गिद्धहरु नै नेपालमा पाइन्छन । एउटै सिनो खाना र बासस्थानलाई विभिन्न प्रजातिहरु सामुहिक उपयोग गर्ने गिद्धहरु अग्ला बलिया रुख र चट्टानी पहराहरुमा गँुड बनाई उँच्च र खुल्ला ठाउँमा बस्छन । दशक अघिसम्म हाम्रो देशकेा हिमाल देखि तराई सम्मका विभिन्न स्थानमा सयाँै गिद्धका समुहहरु देख्न सकिन्थ्यो तर आज त्यो दृश्य दुर्लभ भएको छ र यत्रतत्र सर्वत्र पाईने गिद्धहरु पृथ्वीबाटै लोप हुने खतरामा छन । विगत दश बर्ष यता नेपाल लगायत दक्षिण एशियामा गिद्धको संख्या ९५ प्रतिशत भन्दा बढीले घटेको विभिन्न अध्यन हरुले देखाएका छन ।

 
 विभीन्न वैज्ञानिक प्रयोगहरुबाट गिद्धको संख्या यसरी अप्राकृतीक र नाटकिय रुपमा घटनुको प्रमुख कारण घरपालुवा पशु उँपचारमा प्रयोग गरीने औषधी ुडाइक्लोफेनेकु भएको पत्ता लाग्ोको छ । सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिन्ो डाइक्लोफेनेकले उपचार गरिएका जनावर मरेपछि तिनको सिनोखाने गिद्धमा भिसरल गाउँटका कारण मृगौलामा ुयुरीक एसीडु जमी काम गर्नछाडछ फलस्वरुप गिद्ध केहि दिनमै मर्छ । गिद्धहरु समुहमा खानेहुदा डाइकलोफेनेक प्रभावित एउटै सिनोबाट पनि ठुलो संख्यामा मर्छन । यसका साथै अरु सहायक कारणहरु बासस्थानको बिनाश आहारामा कमी र अन्य विषादीको बढदो प्रयोग आदि पनि छन । गिद्ध विनाशको कारक डाइकलोफेनक भएकोले गिद्ध संरक्षणका लागि नेपाल सरकारले जेठ २३ २०६३ देखि पशुउँपचारमा प्रयोग गरिने डाइक्लोफेनक उत्पादन आयात विक्री र प्रयोगमा प्रतिबन्ध लगायको छ ।

 

त्यसको विकल्पमा डाइक्लोफेनक जत्तिकै प्रभावकारी तर गिद्धअरु चराचुरुङ्गी र वन्यजन्तुमा असर नगर्ने मेलो_िक्सक्यामको उत्पादन र विक्रीवितरण शुरु गरीएको छ । लोपोन्मुख गिद्धलाई डाईकलोफेनेक रहीत आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले सन् २००६ मा सामुदायिक वन उपभोक्ताकेा सक्रीय सहभागितामा नवलपरासीको पिठौली र कावासोती गा।वि।स।मा एशियाकै पहिलो समुदाय स्तरको जटायु गिद्ध रेष्टुरेन्ट खोलियो र हाल यस प्रकारका रेष्टुरेन्ट रुपन्देहीको गैँडहवा ताल दाङको लालमटीया कास्कीको घुचोक र धनगढीको खुटियामा पनि विस्तार गरीएको छ । यि रेष्टुरेन्टमा गौरक्ष केन्द्र छन जहा वृद्ध अशक्त र बेकामी गाईवस्तुहरु संकलन गरी पालनपोषण गरिन्छ र तिनीहरुको प्राकृतिक मृत्युपछी निश्चित स्थानमा छोडीन्छ र गिद्धहरु खाने गर्छन । त्यहा गिद्धको आनीबानि हेर्ने पर्यटक अवलोकन घर पनि छन जसले पर्यापर्यटनमा टेवा पुर् याउनुका साथै स्थानीयबासीको जीविकोपार्जनमा समेत मद्दत गरेको छ । चितवन राष्ट्रिय निकुाजको कसरामा गिद्ध प्रजनन केन्द्र कृत्रिम बच्चा कोरल्ने स्थान छ जहा जङ्गलबाट ल्याईएका ६० जोडि डङ्गर गिद्धका बच्चाहरु राखिएको छ । उमेर पुगेपछी कृत्रिम प्रजनन गराई बच्चा हुर्केपछि सुरक्षित प्राकृतिक वातावरणमा पुनःस्थापना गर्ने लक्ष्य लिएको छ ।

 

 समग्रमा डाइक्लोफेनेको पुर्ण प्रतिबन्ध जटायु रेष्टुरेन्ट संचालन संचालक समुदायको जीविकोपार्जन र रेष्टुरेन्टको दिगो व्यवस्थापन प्रजनन केन्द्रको व्यवस्थापन गिद्धको अनुगमन वैज्ञानिक अध्ययन र सरंक्षणका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था हरुसँग सहकार्य गर्ने र गिद्धको पर्यावरणीय महत्व बारे जनचेतना अभिवृद्धि गर्ने जस्ता कामहरुमा नेपाल पंक्षि संरक्षण संघले नेतृत्वदाई भुमिका निर्वाह गरेको छ । 

 

 
थप जानकारीको लागी

कृष्ण प्रराद भुसाल
९८४१९५९९०२

bhusalkrish@yahoo.com