नववर्षको आगमनसँगै भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्वको विस्केट जात्रा आजदेखि सुरु

नववर्षको आगमनसँगै सुरु हुने भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्वको विस्केट जात्रा आजदेखि सुरु भएको छ।

 

नयाँ वर्षको चार दिनअगाडि सुरु हुने बिस्केट जात्रा आठ रात नौ दिनसम्म धुमधामकासाथ मनाइन्छ ।

 

नेपालको संस्कृति चिनाउने महत्वपूर्ण जात्रामध्ये एक विस्केट जात्रा आज भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु गरिन्छ ।