
त्यसो त यसअघि पनि सम्बन्ध टुक्र्याएपछि पनि सलमान-कटि्रना, अनुश्का-रणवीर सिंह, शाहिद-पि्रयंकाले फिल्म खेलिसकेका छन् । शाहिद र करिनाको त ‘जब वी मेट’ गर्दागर्दै बीचमै प्रेमसम्बन्ध विच्छेद भएको थियो । तर व्यक्तिगत जीवनले व्यवसायमा असर नपुगोस् भनेर दुवैले फिल्म पूरा गरिदिएका थिए र पछि हिट पनि भयो । विपाशाले यसअघि पनि पूर्वप्रेमीको रूपमा डिनो मोरियोसँग विभिन्न सामाजिक कार्यक्रममा देखिएर असल साथी भने रहिरहेको सन्देश दिएकी थिइन् ।
पछिल्ला दुई फिल्म ‘प्लेयर्स’ र ‘जोडी बेकर्स’ लगातार असफल भएपछि रनाहामा परेकी विपाशाले सफल निमार्ताको रूपमा उदाएकी एकताको उक्त फिल्मलाई लत्याउन नचाहेको स्रोत बताउँछ । ‘जेसुकै गरेर भए पनि विपाशा यतिबेला आफूलाई हिट बनाउन चाहन्छिन् र पहिलेकै चकाचक करिअरमा र्फकन एकता सहायकसिद्ध होलिन् भन्ने उनको आशा छ,’ विपाशा निकटको दाबी छ । पहिलो फिल्म ‘अजनवी’ बाटै फिल्म फेयर अवार्ड जितेर चर्चा पाएकी विपाशा पछि फिल्मबाट भन्दा ग्ल्यामर र प्रेमसम्बन्धबाट मिडियामा छाइरहिन् । सँगै फिल्म खेल्ने बारेमा भने जोनले खासै महत्त्व दिएका छैनन् । स्रोत भन्छ, ‘खासमा उनी को-स्टारका बारेमा उत्तिसारो ध्यान दिने गर्दैनन् ।’



