रियाल मड्रिडले स्पेनिस लिग फुटबल प्रतियोगितामा वार्सीलोनासँग ४ अंकको अग्रता

एथ्लेटिको मड्रिडलाई हराँउदै रियाल मड्रिडले स्पेनिस लिग फुटबल प्रतियोगितामा वार्सीलोनासँग ४ अंकको अग्रता लिएको छ । ला लिगा अन्तर्गत गएराती एथ्लेटिकोको मैदानमा भएको खेलमा रियाल मड्रिड ४-१ ले विजयी भयो ।

जीतसँगै रियाल मड्रिडले लिग तालीकामा ३२ खेलबाट ८२ अंक जोडेको छ । समान खेलबाट ७८ अंक जोडेको वार्सीलोना दोस्रो स्थानमा छ भने ५२ अंकसहित भ्यालेन्सीया तेस्रो स्थानमा छ ।

ला लिगा अन्तर्गत गएरातीका अन्य खेलहरुमा भ्यालेन्सीयाले रायो भ्यालेकानोलाई ४-१ ले हरायोभने स्पोर्टिङ गियोनले लेभान्तेलाई ३-२ ले पराजित ग-यो ।

ग्रानाडा र एथ्लेटिक बिल्बाओविचको खेलभने २-२ गोलको बराबरीमा सकियो ।