नयाँ वर्ष २०६९ को अवसर पारेर आजदेखि इलाममा सडक महोत्सव सुरु भएको छ । इलाम उद्योग वाणिज्य संघ महिला इकाइको आयोजनामा सुरु भएको महोत्सवमा महिलाद्वारा उत्पादित हस्तकलाका सामग्री, खाद्य परिकार, कृषिजन्य सामग्री, विभिन्न जातीय परिकार लगायत २० वटा स्टल राखिएका छन् । होत्सवमा लाप्चा, नेवार, गुरुङ्ग, मगर जातीका परिकारहरु आकर्षण बनेका छन् ।
आन्तरिक र बाह्य गरी महोत्सव अवधिभर दैनिक ३० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको र करिव दश लाख रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ । महोत्सव बैशाख ३ गतेसम्म चल्ने छ ।



