बर्ष भरी निरन्तर ओरालो लागेर निराश भएका शेयर बजारका लगानीकर्ताका लागि बर्षको अन्तिम दिन केही सुखद

बर्ष भरी निरन्तर ओरालो लागेर निराश भएका शेयर बजारका लगानीकर्ताका लागि बर्षको अन्तिम दिन केही सुखद बन्न गएको छ । यस दिन बजार परिसूच नेप्सेमा करिब ११ अंकको उल्लेख्य बृद्धि भयो । शान्ति प्रक्रियामा महत्वपूर्ण निर्णय भए संगै बजार सकारात्मक बन्दै गएको हो । कारोबार भएका अधिकांश समूहका सूचक उकालो लागे संगै नेप्सेमा उल्लेख्य बृद्धि भएको हो । जलविद्युत समूमा झण्डै २९ अंकको उच्च बृद्धि भयो भने वाणिज्य बैंक समूहको सूचक पनि १४ अंकले उकालो लाग्यो ।


टेलिकमा सूचिकृत अन्य समूहको सूचकमा ८ अंकले बृद्धि भयो भने बीमा समूहका करिब ६ अंकले र विकास बैंक समूह साढें ३ अंकले बढ्यो । उत्पादनमूलक र व्यापार समूहका सूचक भने स्थिर रहे । यस दिन कारोबार परिमाणमा पनि उल्लेख्य सुधार भयो । विहीबार नेपाल स्टक एक्सचेन्जमा ८२ कम्पनीको १ लाख ८२ हजार कित्ता शेयर ४ करोड ५५ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ । यस दिन ६६ कम्पनीका शेयरधनीले कमाए, १२ काले गुमाए भने ४ कम्पनीको शेयरमूल्य यथावत् रहन गयो ।