2.jpg)
यो हप्ता अन्तर्राष्ट्रिय बजार पच्छउँदै स्थानीय बजारमा सुनको मूल्य केही उकालो लाग्यो । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार आइतबार प्रति दशग्राम ४५ हजार ८ सय ७० अर्थात् तोलाको ५३ हजार ५ सय तीन रुपैयाँ रुहेको सुनको मूल्य बुधबार तोलाको ५४ हजार १ सय रुपैयाँमा आइपुग्यो ।
बर्ष ०६८ को अन्तिम दिन विहीबार स्थिर रह्यो । सोमबार मूल्य बृद्धि भएरु तोलाको ५३ हजार ६ सय एक पुगेको थियो भने मंगलबार पनि छापावाल सुनको मूल्य स्थिर रहेको थियो ।
त्यस यता बुधबार एकै दिन उच्च बृद्धि भएर ५४ हजार १ सय पुगेको हो । चाँदीको मूल्य भने यो साता स्थिर रह्यो । आइतबार तोलाको १ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार केही उकालो लागेर मंगलबार देखि पुनः सोही मूल्यमा आई स्थिर रहेको हो ।
बर्ष २०६८ बैसाखको पहिलो दिन तोलाको ४१ हजार ९८ रुपैयाँ रहेको सुनको मूल्य बर्षभर उच्च दरले महंगिदै अन्तिम दिन ५४ हजार बढीमा आइपुगेको हो ।