
नयाँ वर्ष २०६९ को अवसर पारेर इलाममा आयोजना गरिएको सडक महोत्सव पनि यसै दिन सम्पन्न भएको छ ।
इलाम उद्योग वाणिज्य संघ महिला इकाइले गरेको महोत्सव उत्साहजनक रुपमा सम्पन्न भएको आयोजकले जानकारी गराएका छन् । गत चैत ३० गते देखि सुरु भएको महोत्सवमा महिलाहरु द्धारा उत्पादित विभिन्न हस्तकलाका सामग्री, खाद्य परिकार, कृषिजन्य सामग्री लगायतका स्टलहरु राखिएका थिए ।
जिल्लाको पर्यटन प्रर्वद्धन गर्दै आयआर्जनमा लागेका महिलाहरुलाई व्यवसायिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा करीब दश लाख रुपैयाँ बराबरको कारोबार भएको आयोजकले वताएको छ ।
महिलाहरुको सहभागीतामा जिल्लामै पहिलो पटक सदरमुकाममा यस्तो महोत्सब आयोजना गरिएको बताइएको छ ।