जो दम्पत्ति बच्चा जन्माउने योजना बनाइरहेका छन् उनीहरुबीच दैनिक यौन ससर्ग हुनु जरुरी


 

जो दम्पत्ति बच्चा जन्माउने योजना बनाइरहेका छन् उनीहरुबीच दैनिक यौन ससर्ग हुनु जरुरी छ। यो निष्कर्ष एक सार्वजनिक अध्ययनले देखाएको हो ।


अध्ययनका अनुसार नियमित यौन सम्पर्कले स्पार्म स्वस्थ हुने गर्दछ । अष्ट्रेलियाका डाक्टरहरुले कमजोर स्पार्म भएका ११८ रोगीमा गरेको अध्ययनले यो तथ्य खुलाएको हो । अध्ययनमा उनीहरुले एक हप्तासम्म नियमित यौन सम्पर्कबाट उनीहरुमा रहेको क्षतिग्रस्त डीएनएको संख्यामा निकै कमी आयो । यसअघि गरिएको अध्ययनमा बलियो स्पार्मबाट गर्भधारण बढ्ने स्पष्ट भइसकेको छ। सात दिन नियमित यौन सम्पर्कपछि ८१ प्रतिशत विरामीमा क्षतिग्रस्त स्पार्मको संख्यामा १२ प्रतिशतसम्म कम भएको अध्ययनमा पाइएको थियो ।


धेरैजसो विज्ञहरु टेष्ट ट्युव प्रविधि अर्थात इन-विट्रो फर्टिलाइजेशनअघि यौन सम्पर्क नगर्न सल्लाह दिने गर्दछ् । ताकि स्पार्मको संख्या बढोस् । स्पार्म स्वस्थ बनाउने दोस्रो तरिका पनि छ। सुर्ति चुरोट नखानु, जाँड रक्सी नपिउनु शारीरिक व्यायम गर्नु आदि ।


डा. डेविड ग्रीनिङ्गले गरेको अध्ययनको सारमा भनेका छन्, बच्चा जन्माउने योजना बनाइरहेका दम्पत्तिले बढी यौन सम्पर्क गर्न आवश्यक छ। डा. ग्रीनिङ्गले भनेका छन्, उमेर ढल्केकाहरु यसबाट चिन्तित हुन सक्छन् तर युवाहरु मेरो सल्लाहबाट निकै खुस हुनेछन् ।


प्रश्न यो हो कि बढी यौन सम्पर्क गर्नाले स्पार्म कसरी स्वस्थ हुन सक्छ ? यस विषयमा विज्ञहरुको भनाइ छ, धेरै दिनसम्म स्पार्म शरीरमा रहेनाले कमजोर हुने आशंका रहन्छ जबकी यौन सम्पर्क गर्नाले शरीरबाट बाहिर निस्कने गर्दछ । केही विज्ञहरुले ग्रीनिङ्गको अध्ययनले सम्भावनाहरु बढाएको बताएका छन् । तर यसको अर्थ यो होइन कि हरेक दिन यौन सम्पर्क गर्नाले दम्पत्तिलाई फाइदा मात्रै हुनेछ।