नायिका पि्रयंका चोपडा सर्वाधिक ९ करोड भारु पारिश्रमिक पाउने

मुम्बई  – वैशाख ४ – हुन त करिना कपुरले मधुर भण्डारकरको फिल्म ‘हिरोइन’ का लागि १० करोड भारु माग गरेको सुनिएको थियो र अहिलेसम्म सर्वाधिक पारिश्रमिक लिने उनै भएका समाचारहरू नआएका पनि होइनन् ।

 

तर पछि उनलाई ६ करोड भारुमा खेलाइएको खुलेको थियो ।

 

यति बेला भने राष्ट्रिय अवार्ड विजेता नायिका पि्रयंका चोपडा सर्वाधिक पारिश्रमिक पाउने नायिकाको शीर्ष स्थानमा रहेको गाइँगुइँ छ ।

 

उनले उक्त रेकर्ड ‘जन्जिर’ बाट बनाएकी हुन्, जसका लागि उनलाई ९ करोड भारु दिइएको दाबी गरिएको छ ।

 

यसअघि उनले बढीमा ४ करोडसम्म लिँदै आएकी थिइन् ।

 

‘पि्रयंकाले नयाँ ‘जन्जिर’ मा खेल्नका लागि हयान्डसम मनी पाएको सही हो,’ नायिकाका प्रवक्ताले खबरबारे भनेका छन्, ‘तर परिमाण खुलाउन मिल्दैन ।’

 

नायिकाको पारिश्रमिकमा पछि परेकी करिनालाई ब्रान्ड अम्ब्यासडरका लागि लिने पारिश्रमिकमा भने कसैले उछिन्न सकेका छैनन् ।

 

अहिले १६ ब्रान्डका लागि काम गरिरहेकी उनले एउटाको ५ करोड भारुसम्म लिने गरेकी छन् ।

 

यसअघि आफूभन्दा बढी पारिश्रमिक लिने करिना, कटि्रना कैफ र विद्या बालनलाई उछिनेकी पि्रयंकाको रणवीर कपुरसँगको फिल्म ‘बर्फी’ रिलिज क्रममा छ । – एजेन्सी