51.jpg)
पछिल्लो समय शेयर बजारमा शान्ति प्रक्रियाको प्रत्यक्ष प्रभाव देखिन थालेको छ । बजारले निरन्तर बुलिस ट्रेण्ड पक्रिंदा नेप्सेले थुपै्र पटक सर्किट बे्रक लगाउनु परेको छ । एक साताको अवधिमा बजार परिसूचक नेप्से ५० अंक बढीले उकालो लागिसकेको छ । यसले बन्दै गएको राजनीतिक सहमतिले लगानीकर्ताको आत्मविश्वास बढाएको स्पष्ट हुन्छ । शेयर विश्लेषक रविन्द्र भट्टराई पनि शान्ति प्रक्रियामा भएको छलाङले लगानीकर्तामा उत्साह जगाएको बताउनुहुन्छ । आर्थिक सूचकहरु पनि सकारात्मक बन्दै गएको यो लगानी गर्ने सिजन नै भएपनि यतिविघ्न बजार बढ्नुमा भने राजनीतिक निर्णय नै भएको उहाँको विश्लेषण छ ।
तर यतिखेर पूँजी बजार सुधार तथा विकासका लागि शेयर लगानीकर्ताहरु दबाबमूलक कार्यक्रममा लागिरहेका छन् । सरकारले आफुहरुको मागको बेवास्ता गर्दा शेयर बजारको अस्तित्व नै समाप्त हुने सम्मको स्थिति आएको भन्दै उनिहरु चरणबद्ध आन्दोलनमा रहेका हुन् । लगानीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर्स फोरम, नेपाल धितोपत्र लगानीकर्ता संघ र जनरल इन्भेष्टर्स एशोसिएसनले हालै संयुक्त रुपमा संघर्षका कार्यक्रम सञ्चालन गर्दै आएका हुन् । संघर्षको पहिलो चरण अन्तर्गत् यतिखेर उनिहरुले अस्ताक्षर अभियान थालेका छन् । जनरल इन्भेष्टर्स एशोसिएनका अध्यक्ष दिपक कार्की आफुहरुको संघर्ष दुई चार अंक बजार बढ्नु र घट्नु संग नरहेको बताउनुहुन्छ । बजारको दिगो विकासका लागि संघर्ष थालिएको उहाँको भनाई छ ।
पू्ँजी बजारको दिर्घकालिन विकास र सुधारका लागि सरकारले आफुहरुको माग सम्बोधन गर्नुपर्ने नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे बताउनुहुन्छ । बर्षौ देखि आफुहरुले उठाउँदै आएको माग सरकारले सुन्ने र आश्वास दिने बाहेक पटक्कै कार्यान्वयन नगरेकोमा उनिहरुको गुनासो छ ।
मार्केट रेस्क्यु फण्ड स्थापना गरी बजार सुधार गरिनुपर्ने, १० लाख भन्दा माथीको शेयर खरिदमा लगानीको स्रोत उल्लेख गर्नुपर्ने प्रावधानमा परिमार्जन गरिनुपर्र्ने, ब्रोकरको जमानीमा दिइने शेयरको व्यवस्था पुनः शुरु गरिनुपर्ने लगायतका १३ बुँदे माग उनिहरुले राख्दै आएका छन् । सिडिएस प्रणाली चाँडो कार्यान्वयनमा ल्याउन र अनलाइन ट्रेडिङ सञ्चालमा ल्याउन पनि उनिहरुले माग गर्दै आएका छन् ।
यसैबीच, सोमबार पनि शेयर बजारमा उल्लेख्य सुधार जारी रह्यो । यस दिन पनि कारोबार शुरु भएको छाटो समयमै ३ प्रतिशले बृद्धि भएसंगै सर्किट ब्रेक लगाइयो । तर तत्काल नेप्से ५ प्रतिशत बृद्धि भएसंगै यस दिनका लागि कारोबारै स्थगित गरियो । बजार परिसूचक नेप्से १७ अंकले बढेर ३ सय ५४ दशमलब पाँच एकमा पुग्यो । यस दिन कारोबार भएका सबै समूहका सूचक सकारात्मक रह्यो । टेलिकम सूचिकृत अन्य समूहको सूचकमा ५० अंकको बृद्धि भएसंगै नेप्से उचालिएको हो । वाणिज्य बैंक समूहको सूचकमा पनि १७ अंकले बृद्धि भयो । कारोबार चाँडै स्थगित भएकाले परिमाण भने न्यून नै रहन गयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा ५४ कम्पनीको ४८ हजार कित्ता शेयर जम्मा डेढ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । अकिकांश कम्पनीको शेयर भाउ बढेको यस दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्यमा सबैभन्दा उच्च १ सय २८ रुपैयाँले बृद्धि भयो ।



