पोर्न स्टार सनी लिओन अब भारतीय नागरिक

मुम्बई – पोर्न स्टार सनी लिओनले बलिउड चलचित्र जिस्म २ मा काम के गरिन उनको जीवनले नयाँ मोड लियो। सनी क्यानाडामा जन्मे हुर्केकी हुन्। तर अब उनी भारतीय नागरिक बनेकी छिन्। सनील लिओन अर्थात करेन मलहोत्रालाई भारतीय नागरिकता प्राप्त भएको छ।

 

स्वयं सनीले टि्वटरमा आफूसँग सबैका लागि राम्रो खबर भएको बताएकी छिन्। ‘म अब आधिकारिक रुपमा भारतीय नागरिक बनेकी छु।’ उनले लेखेकी छिन्।

सनी रियालिटी सो बिग बस ५ मा सहभागी हुन भारत आएकी थिइन्। त्यही निर्माता महेश भट्टले उनीसँग भेटेर जिस्म २ को प्रस्ताव गरेका थिए। त्यसका लागि उनी तयार भइन्।

त्यस घरले सनीलाई निकै लोकपृयता दियो। हाल उनी बलिउड चलचित्र जिस्म २ मा काम गरिरहेकी छिन्। पूजा भट्ट र डिनो मोरिया फिल्मका निर्माता हुन्। – एजेन्सी