शेयर बजारमा सुधार जारी

साताको अन्तिम दिन विहीबार पनि शेयर बजारमा सुधार जारी रह्यो । यस दिन पनि बजार परिसूचक नेप्से करिब ७ अंकले सुधार भएर ३ सय ५४ मा पुग्यो ।

 

नेप्सेमा दिनभर उतारचढाव हुँदै ७ अंक सकारात्मक रहेर थामिएको हो । कारोबार भएका सबैजसो समूहको सूचक सकारात्मक रहेसंगै नेप्से उकालो लागेको हो । वाणिज्य बैंक समूहको सूचकमा सबैभन्दा उच्च ९ अंकले बृद्धि भयो । यस्तै, बीमा समूहको सूचक पनि ८ अंकले र उत्पादनमूलक समूहको सूचक पनि ६ अंकले बढ्यो । यस दिन कारोबार हुने कम्पनीको संख्या पनि उल्लेख्य रह्यो भने कारोबार परिमाण पनि औसत भन्दा उच्च रह्यो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय कम्पनीको ३ लाख ३३ हजार बराबर कित्ता शेयर पौने ९ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।