
काठमाडौ, वैशाख ९ – जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता ज्ञापन गर्न नेपालीहरूले शनिबार आमाको मुख हेर्ने दिनका रूपमा मनाउने गरेका छन् ।
आमा खुवाउने औंसीका रूपमा मनाउने यस पर्वमा मीठामीठा परिकार भोजन गराउनुका साथै विभिन्न उपहार दिने गरिन्छ ।
राजधानीदेखि १० किलोमिटर पश्चिम-दक्षिणमा थानकोटसँगै रहेको मातातीर्थ कुण्डमा आफ्नी दिवंगत आमाको महिमा स्मरण गर्दै श्राद्ध गर्छन् ।
त्यहाँसम्म पुग्न नसकेकाहरूले कुनै देव वा तीर्थस्थलमा आमाका नाममा ब्राह्मण वा वज्राचार्यलाई जल, सिदा दान गर्ने परम्परा छ ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.