
मुम्बई, वैशाख १२ – रियालिटी सो बिग बसबाट चर्चामा आएकी सनी लियोन अब पोर्न स्टारबाट बलिउड स्टारमा रुपान्तरण हुँदैछिन्।
बिग बोसको घरमै जिश्म २ खेल्न प्रस्ताव पाएकी सनीको पोल्टामा अब अर्को बलिउड चलचित्र परेको छ।
त्यो हो रागिनी एमएमएस २ निकै कम बजेटको चलचित्र रागिनी एमएमएसले बक्स अफिसमा राम्रो व्यापार गरेपछि यसको सिक्वलका लागि सनीको नाम आएको हो।
पछिल्लो समाचार अनुसार त एकता कपूरले सनीलाई आफ्नो आगामी चलचित्र रागिनी एमएमएसको सिक्वलका लागि साइन पनि गरिसकेकी छिन्।
सनी त्यसै पनि व्यस्त हुँदै गएकी छिन्। कामको वर्षा उनीमाथि हुन थालेको छ र उनले यसको पूर्ण फाइदा पनि उठाइरहेकी छिन्।
जिस्म २ पछि रागिनी एमएमएस उनका लागि भाग्यशाली मानिएको छ।
एकता कपूरको साथ उनका लागि फाइदाजनक सावित हुन सक्छ।
उनीसँग चलचित्र मात्र नभई विज्ञापन र अन्य प्रोजेक्ट पनि छन्।
हालै उनले एउटा कण्डमको विज्ञापनको सुटिङ भ्याइसकेकी छिन्। – एजेन्सी