– विमल खतिवडा
पर्वत – ब्राह्मण समाज नेपालले विभिन्न माग राख्दै बुधवार सदरमुकाम कुश्मा बजारमा विरोध र्याली निकालेको छ । समाजले जातीय आधारमा राज्यको पुर्नर्संरचना गर्न नपाइने, जातीय आधारको आरक्षण तुरुन्त खारेज गर्नु पर्ने, आधारभुत आवश्यकताको ग्यारेण्टीसहित जातीय विभेद रहित देश बनाउनु पर्ने लगायत माग राखी र्यालीको आयोजना गरेको हो ।
सरकारलाई दवाब दिन विभिन्न माग राख्दै आन्दोलित बनेको समाजले मंगलवार जिल्ला प्रशासनमा धर्ना दिने र ज्ञापन पत्र बुझाउने कार्य गरेको छ । त्यस्तै १५ गत्ते विशाल राँके जुलुस निकाल्ने र १७ गत्ते पश्चिमाञ्चल क्षेत्र बन्दको आह्वान गरिएको समाजका अध्यक्ष डा.चुडामणि शर्माले बताए ।