आगामी जुलाईमा बेलायतमा हुन लागेको ओलम्पिक खेललाई ध्यानमा राखी सुरक्षा व्यवस्थामा व्यवस्थामा कडाई

ओलम्पिक खेलका समयमा वेलायतले गर्ने भयो सुरक्षा व्यवस्थामा कडाई


आगामी जुलाईमा बेलायतमा हुन लागेको ओलम्पिक खेललाई ध्यानमा राखी सुरक्षा व्यवस्थामा विशेष सावधानी अपनाइने भएको छ ।


 

बेलायतको रक्षा मन्त्रालयका अनुसार जमीनबाट मार हान्न सक्ने मिसाइल सर्वसाधारणको घरको छतमा राखिने छ । मिसाइलसँगै हतियारधारी सैनिक पनि तैनाथ गरिने छ ।

 

यसका साथै पूर्वी बेलायतका हरेक ब्यक्तिको घरघरमा हतियारधारी सैनिक तैनाथ गर्ने निर्णय पनि बेलायत सरकारले गरेको छ । यी बाहेक हरेक घरको पानीको ट्याङकमा डिफेन्स सिस्टम पनि लगाइने निर्णयसहितको पर्चा वितरण गरिएको छ ।

 

ओलम्पिककै सुरक्षाका लागि भन्दै छुट्टै सुरक्षा दस्ताको तयारी पूरा भएको बेलायत सरकारले जनाएको छ । बेलायतमा आगामी जुलाईदेखि ओलम्पिक खेल हुँदैछ ।