चार खेलाडिको अग्रता

बैशाख १७ गते काठमाण्डौं ।  बिशालनगर पुस्तकालयको स्वर्ण जयन्तीको उपलक्ष्यमाकाठमाडौंको हाँडीगाउँ भिमसेनस्थानमा संचालन भईरहेको खुल्ला फिडे रेटिङ्ग बुद्धिचालप्रतियोगिताको आज दोस्रो दिन दोस्रो र तेस्रो चरणका खेलहरु सम्पन्न भएका छन् । तेश्रोचरणको समाप्तिमा पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार भक्तपुरका गणेशमान दुवालपिएलए स्पोर्टस क्लवका राजन पुरी र सर्लाहीका महेश थापा ३ अंक प्राप्त गरी संयुक्त रुपमाअग्र स्थानमा रहेका छन् ।

 

नविनले दोश्रो चरणको खेलमा धरानका चुडामणि राईलाईहराए भने तेश्रो खेलमा काठमाडौंका सुमन लामालाई पराजित गरे । त्यस्तै गणेशमानलेदोस्रो र तेस्रो चरणको खेलमा क्रमशः इलामका प्रकाशचन्द्र लामा र पिएलए क्लबका विजयजे श्रेष्ठमाथि सफलता प्राप्त गरे । त्यसैगरी राजनले सुनसरीका मणिराज डाँगी रकाठमाडौंका विपिन अमात्यलाई हराउन सफल भए भने महेशले मकवानपुरका धरम बहादुरलामालाई दोस्रो चरणमा र तेस्रो चरणमा दीपज्योतिका रुपेश जैसवाललाई पन्छाएका थिए।



नेपाल च्याम्पियन हमालफिडे मास्टर सुजेन्द्र प्रसाद श्रेष्ठ पूर्व नेपाल च्याम्पियन सुरविर लामागोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थ रुकुमका मिलन रोका हिमालयन चेस क्लवकाप्रेमकृष्ण महर्जन महांकाल स्कूलका विवेक लामा र मच्छिन्द्र क्लवका श्यामसुन्दर श्रेष्ठसाढे २ अंक प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।


मनिषले दुवै खेलमा जीतहात पार्ने क्रममा कास्कीका सुरज गुरुङ्ग र स्ट्याण्डर्ड चार्टर्ड बैंकका पुरुषोत्तमचौलागाईलाई हराए भने सुजेन्द्रले कान्तिपुर चेस क्लवका दिपक महर्जनमाथि बाजी मारे ।उनले तेस्रो चरणको खेलमा मिलन रोकासँग बराबरी खेल्दै अंक बाँडै ।


२ अंक प्राप्त गर्नेहरुमाराजेन्द्रप्रसाद श्रेष्ठ सिताराम अग्रवाल चुडामणि राई कुलुङ्ग सुरज पण्डित विजय जेश्रेष्ठ मणिराज डाँगी गोविन्द खड्का रुपेश जैसवाल कृष्ण शाह र सुमन लामा रहेकाछन् ।


प्रतियोगिता अन्तर्गत सोमवारविहान ९:०० वजे चौथौ र दिउँसो १:०० बजे पाँचौं चरणका खेलहरु हुनेछ ।