भ्रष्टाचारी ठहर भई कैद सजाय भोगिरहेका पूर्वमन्त्री चिरञ्जीवी वाग्ले कैदमुक्त

Photo8

चिरञ्जीवी वाग्ले कैदमुक्त: काठमाडौं स्थित सदरखोर डिल्लीबजार कारागारमा पुगेका कांग्रेस कार्यकर्ता एवम समर्थकहरु।

 

– अर्घाखाँची डट्कम्

 

काठमाडौं । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भई कैद सजाय भोगिरहेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्ले कैदमुक्त भएका छन् । सर्वोच्च अदालतले उनको कैद र जरिवाना रकममा २० प्रतिशत मिनाहा दिएपछि उनी कैदमुक्त भएका हुन् ।

 

काठमाडौं स्थित सदरखोर डिल्लीबजार कारागारमा पुगेर कांग्रेस कार्यकर्ता एवम समर्थकहरुले उनलाई स्वागत गरेका देखिन्थ्ये।


सार्वजनिक पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा २ चैत ०६७ मा सर्वोच्च अदालतले वाग्लेलाई डेढ वर्ष कैद सजाय र चार करोड छ लाख रुपियाँको बिगो तथा जरिवानाको फैसला गरेको थियो । तर, न्यायाधीश रामकुमारप्रसाद शाह र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले २० प्रतिशत कैद तथा जरिवाना रकम मिनाहाको आदेश दिएको थियो ।


सर्वोच्च अदालतको पछिल्लो आदेशअनुसार उनले एक सय सात दिन कैद सजाय र ४० लाख ६० हजार रुपियाँ जरिवाना मिनाहा पाएका छन् ।

 

भ्रष्टाचारी ठहर भई सदरखोर डिल्लीबजार कारागारमा ३ चैत ०६७ देखि कैद सजाय भोगिरहेका बाग्लेलाई