मुख्य जातिहरुलाई ७ दिनभित्र आदिवासी जनजातिको सूचीमा नराखे आमहड्तालमा उत्रने चुरेभावरको चेतावनी

– सन्तोष सुवेदी

 

काठमाडौं । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले मुलुकको आधा जनसंख्या भएका मुख्य जातिहरुलाई ७ दिनभित्र आदिवासी जनजातिको सूचीमा नराखे आमहड्तालमा उत्रने चेतावनी दिएको छ ।


मुलुकको आधाभन्दा बढी संख्यामा रहेका ब्राम्हण, क्षत्री, ठकुरी र दशनामी समुदायलाई के का आधारमा अन्यमा राखियो, आजकामितिदेखि ७ दिनभित्र आदिवासीमा सूचीकृत नगरे देशव्यापी आमहड्तालमा उत्रने चेतावनी दिएको हो ।


आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एकता पार्टीले भूगोलले नै किटान गरेको तराई पहाडको मेरुदण्डको रुपमा रहेको अखण्ड चुरे भावर प्रदेश कायम नगरे १५ दिनवार किपारको स्थितिमा पुग्ने चेतावनीदिएको हो ।
पत्रकार सम्मेलनमा पार्टी उपाध्यक्ष चन्द्रप्रसाद खनालले चरेलाई अतिक्रमण गरी प्रकृतिप्रकोप नै सखाप पार्ने अतिक्रमणकारीलाई न्यायको कठघरामा ल्याउन आप्mनो पार्टीलाई जिम्मेवारी दिन सरकारसँग माग गरे ।


महासचिव भूमिराज निरौलाले भने