चालकसित लिने ट्राफिक जरिवाना अब बैंकबाट लिईने

काठमाडौ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकसित लिने जरिवाना अब बैंकबाट लिने भएको छ ।

 

हाते रसिद प्रयोग गर्दा आर्थिक अनियमितताको आरोप खेपेपछि महाशाखाले यस्तो व्यवस्था गर्न लागेको हो ।

 

बैंकमा भौचर भरेर पैसा तिरेको रसिद देखाएपछिमात्रै ट्राफिकले नियन्त्रणमा लिएको सवारी, लाइसेन्स वा कागजात उपलब्ध गराउनेछ ।