अबको संबिधानमा राष्ट्रिय जनावर गाई नै हुनुपर्ने कांग्रेसको प्रस्ताव

१८ बैशाख, काठमाण्डौ । नेपाली कांग्रेसले अबको संबिधानमा पनि राष्ट्रिय जनावर गाई नै हुनुपर्ने प्रस्ताव गरेको छ । संबिधानमै गाई राष्ट्रिय जनावर हो भनेर उल्लेख नगरिए संबिधान घोषणालगत्तै खुलामखुल्ला गाई काटन सुरु हुने र त्यसले धार्मिक दंगा फैलन सक्नेतर्फ कांग्रेसले ध्यानाकर्षण गराएको आजको कान्तिपुर दैनिकमा छापिएको छ ।



लोकतन्त्र स्थापनापछि दलहरुको आन्तरिक सहमतिका आधारमा गाईलाई राष्ट्रिय जनावरका रुपमा अन्तरिम संबिधानमा राखिएको थियो ।



केही जनजाती अभियन्ताहरुले भने हिन्दु धर्मको प्रतिक गाईलाई राष्ट्रिय जनावरका रुपमा राख्न नहुने भन्दै अभियान चलाईरहेका छन् । पछिल्ला दिनमा मुलुकका केही ठाउँमा गाई काटेर खाएपछि प्रशासनले कारवाही अगाडी बढाएको थियो भने जनजातीहरुले बिरोध गरेका थिए ।