अखण्ड सुदूरपश्चिमको माग राख्दै गरिएको आन्दोलनले कैलालीको जवजिवन अत्यान्तै कष्टकर

– मोहन बुढा

 

धनगढी  – अखण्ड सुदूरपश्चिमको माग राख्दै गरिएको आन्दोलनको चौथो दिन कैलालीको जवजिवन अत्यान्तै कष्टकर भएको छ ।

वन्द आव्हानकर्ताले सोमवार बजारमा रिक्सा र साईकल समेत चल्न दिएका छैनन् । आन्दोलन नेतृत्व विहीन बन्दै गएकोले जनजिवन थप कष्टकर बनेको हो । प्रेस, अस्पताल , मेडीकल, एम्वुलेन्सलाई निर्वाद चल्न दिने भनेका आन्दोलनकारीले ठाउँ ठाउँमा प्रेसका सवारी साधन माथि अवरोध सिर्जना गरेका छन् । कान्तिपुर पब्लिकेशनको पत्रिका बोक्ने गाडीलाई अत्तरियाबाट धनगढी आउने क्रममा बिचमा केही बेर रोकिएको थियो ।

आन्दोलनकारीले सोमवार धनगढीको गेटा बिमानस्थलमा समेत ताला लगाएका छन् । हवाई सेवा अवरुध भएको छ । त्यसैगरि वन्दले धनगढी बजार पूर्ण बन्द रह्यो । धनगढीबाट संचालित हुने लामो तथा छोटो दुरीका यतायत पनि चलेको छैन । त्यस्तै सरकारी तथा गैसरकारी कार्यलय, कलकारखाना, शैक्षिक संस्था पनि बन्द भएका छन् ।

बन्दले धनगढीको बसपर्कमा भारतबाट घर र्फकन लागेका यात्रुहरु अलपत्र परेका छन । सेती अञ्चलअस्पतालमा उपचार सेवा लिई घर र्फकने बिरामी समेत घर र्फकन सकेका छैनन् । सेती अस्पतालका दिलिप श्रेष्ठका अनुसार अस्प्तालमा प्रस्तुती सेवा लिएको सुत्केरी आमाले समेत घर र्फकन सकेका छैनन् ।

दिउसो निस्केको बिरोध जुलुस धनगढीको क्याम्पस रोडदेखी चौराहा सम्म पुगेको थियो । माओवादी बाहेकका राजनितिक कार्यकर्ता, बिद्यार्थी, डोटेली नागरिक समाज र ब्यापारी बर्गको समेत उपस्थिती रहेको थियो । राज्य पुर्नसंरचनामा माओवादीले ल्याएका दश प्रदेशमा सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरलाई थारुवान – लुम्वनी प्रदेशमा प्रस्तावित भएपछि सुदूरपश्चिमेली समाज बिरोधमा उत्रेको हो ।