पाल्पामा भएको बस दुर्घटनामा २ जनाको मृत्यु, ३० जना भन्दा घाइते

पाल्पा, १९ – आज बिहान पाल्पामा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । 

 

दुर्घटना परी ३० जना भन्दा घाइतेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पाबाट तम्घास जादै गरेको लु १ ख ३१३५ नम्बरको बस सिर्द्धार्थराजमार्गको तानसेन लामीडामा दुर्घटना भएको थियो ।

 

मृत्यु हुनेको सनाखत हुन सकेको छैन । घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।