माओवादी सीपी गजुरेलद्धारा आफ्नै पार्टीका पुष्पकमल दाहाल गद्दार भएको आरोप लगाउदै पार्टीबाट हटाएरै छाड्ने उद्‍घोष

– रुद्र खड्का,

 

नेपालगन्ज – माओवादी सचिव सीपी गजुरेलले आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल गद्दार भएको बताएका छन्। उनले समायोजनको नाममा लडाकु बुझाएर गद्दारी गरेको आरोप पनि उनले लगाए। प्रचण्डलाई पार्टीबाट हटाएरै छाड्ने पनि उद्‍घोष गरे।

 

गजुरेलले जेठ १४ मा जनपक्षीय संविधान आउँदैन भन्दै त्यो बनिबनाउ आउने र जनताको संविधान नआउने ठोकुवा पनि गरे। माओवादीमा अहिलेको आधारमा एकता सम्भव छैन भन्दै उनले एकताका लागि नयाँ आधार चाहिने पनि बताए। माओवादीको एकता बाबुरामले सखाप पारेको भनाई पनि उनको थियो।

नेपालगन्जमा आयोजित मे दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन।

त्यसैगरी संस्थापन पक्षद्वारा कोहलपुरमा आयोजित छुट्टै मे दिवस कार्यक्रममा शिक्षा मन्त्री दीनानाथ शर्मा र पोलिटब्युरो सदस्य शक्ति बस्नेत सहभागी छन्। उनीहरु बोल्ने क्रम जारी छ।