यस वर्षको अघिल्लो वर्षको तुलनामा पर्यटक आगमनमा बृद्धि

पर्यटक आवागमनमा निरन्तर बृद्धि


यस वर्षको अप्रिल महिनामा पनि अघिल्लो वर्षको यसै अवधिको तुलनामा पर्यटक आगमनमा बृद्धि भएको छ । अप्रिल महिनामा हवाई मार्ग भएर नेपाल भित्रने पर्यटकको संख्या अघिल्लो बर्षको यसै अवधिको तुलनामा १४ दशमलब ३ प्रतिशतले बढेको हो ।

अप्रिल महिनामा हवाई मार्ग भएर कूल ५९ हजार ४ सय १५ पर्यटक नेपाल भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्यांक रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

तर, अघिल्लो महिनाको तुलनामा भने यस महिनामा नेपाल आउने पर्यटक घटेका हुन । मार्च महिनामा ६३ हजार ८ सय जना पर्यटक नेपाल भित्रिएका थिए ।