जनकपुरको रामानन्द चोकमा फेरि बम विस्फोट

– सुरेश यादव

 

जनकपुर  – जनकपुरको रामानन्द चोकमा आज फेरि बम विस्फोट भएको छ। विस्फोटको आवाज सुनिएको क्षेत्रलाई प्रहरीले घेराहाली अनुसन्धान थालेको छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार अहिलेसम्म कुनै क्षति भएको पाइएको छैन।

दुई दिन दिनअघि सोही चोकमा भएको विस्फोटमा ४ को मृत्यु भएको थियो। विस्फोटमा मृत्यु हुनेको शोकमा अझै जनकपुर बजार खुल्न सकेको छैन। सर्वसाधारण त्रसित छन्।