यस वर्षको स्पेनीस लिग फुटबलको उपाधि रियाल मड्रिडलाई

यस वर्षको स्पेनीस लिग फुटबलको उपाधि रियाल मड्रिडले जितेको छ । ला लिगा अन्तर्गत गएरातीको खेलमा एथ्लेटिक बिल्बाओलाई ३-० ले हराँउदै रियाल मड्रिडले उपाधि जितेको हो ।


ला लिगाको यो उपाधि स्पेनीस जायन्ट रियाल मड्रिडको लागि ३२ औं लिग उपाधि हो भनेपोर्चुगिज प्रशिक्षक होेजे मौरीन्होको लागि स्पेनमा पहिलो लिग उपाधि ।

 

मानैरीनहोले यसअघि चेल्सी प्रशिक्षकको हैसीयतमा इंग्लीश प्रिमियरशीप, ईन्टर मिलान प्रशिक्षकको हैसीयतमा ईटालीयन सिरी ए र पोर्टो प्रशिक्षकको हैसीयतमा पोर्चुगीज सुपर लिगा जितीसकेका छन् ।


युरोपियन क्लव फुटबलमा पछिल्लो पटक सबैभन्दा सफल प्रशिक्षकको पहिचान बनाएका मौरीनहोले रियाल मड्रिडलाई सन् २००८ यता पहिलो पटक स्पेनीस लिग च्याम्पियशन बनाएका हुन् ।ला लिगा अन्तर्गत गएरातीको अर्को खेलमा वार्सीलोनाले मालागालाई ४-१ ले हराएपनि मौरीन्होको टोलीलाई उपाधि जित्नबाट रोक्न वार्साको त्यो जित पर्याप्त भएन ।

 

लिगमा दुई खेल मात्रै बाँकी छँदा रियाल मड्रिडले वार्सीलोनासँग ७ अंकको अग्रता कायम गर्दै स्पेनीस च्याम्पियन बनेको हो ।